Need Help ?
Call: +977- 037520105
News Flash
३८ अौं राष्ट्रिय शिक्षा दिवस तथा ५१ अौं अन्तराष्ट्रि साक्षरता दिवस विविध कार्यक्रमको अयोजना गरी शैक्षिक संस्थहरुमा मनाउनु हुन अनुरोध छ ।|| ३८ अौं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रि साक्षरता दिवसको अादर्श वाक्य " संघिय नेपालको समृद्धिको आधार , स्तरीय शिक्षा सबैको अधिकार "|| विद्यालय शिक्षक कितावखानाकाे सम्पत्ति विवरण पेश गर्ने सम्वन्धी सूचना हेरी मिति २०७४।०५।१५ गतेभित्र अा व ०७३।७४ काे अाफ्नाे सम्पत्ति विवरण जिशिकामा पेश गर्नुहुन अन|| परिपत्र तथा सूचना कि्लक गरी फिडर छात्रवासका लागि छात्रा छनाैट सम्वन्धी सूचना हेर्नुहाेस|| सूचनामा क्लीक गरी दरखास्त स्वीकृत भएका उमेद्वारको नाम र रोल नम्बर हेरी प्रवेश पत्रको लागी कार्यालयमा सम्पर्क राख‌्नुहाेला ।|| सूचनामा क्लीक गरी दरखास्त स्वीकृत भएका उमेद्वारको नाम र रोल नम्बर हेरी प्रवेश पत्रको लागी कार्यालयमा सम्पर्क राख‌्नुहाेला ।|| २०७३ सालकाे कक्षा ८ काे जिल्ला स्तरीय परीक्षा सन्चालन सम्वन्धी सूचना हेर्न वेभसाइटकाे परीपत्र तथा सूचना शीर्षकमा कि्लक गर्नुहाेस्|| समृद्ध राष्ट निर्माणका लागि जीवनाेपयाेगी शिक्षामा लगानी , ३७ अाैं राष्टिय शिक्षा दिवस २०७३||

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गा हार्दिक स्वागत गर्दछ !!!

जिल्ला परिचय

नेपालको पूर्वाञ्चल विकास क्षेत्रअन्तर्गत पहाडी प्रदेशमा अवस्थित ओखलढुङ्गा जिल्ला सगरमाथा अञ्चलका ६ जिल्लाहरुमध्येको एक मध्यपहाडी जिल्ला हो । पश्चिममा लिखु नदी, दक्षिणमा सुनकोशी नदी, पूर्वमा दुधकोशी नदी र उत्तरमा अग्ला पहाडले यो जिल्ला घेरिएको छ । समुद्री सतहबाट ३९० मिटरदेखि ३,६२७ मिटरसम्मको भूखण्ड रहेको यस जिल्लाको क्षेत्रफल १,०७४ वर्ग किलोमिटर छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६८,६८७ पुरुष र ७९,२९७ महिला गरी कुल १,४७,९८४ जनसङ्ख्या रहेको छ भने महिला ५६.०, पुरुष ७४.३२ गरी कुल ६४.४२ प्रतिशत साक्षर छन् । सामाजिक, आर्थिक, साँस्कृतिक एवम् भौगोलिक विविधता यस जिल्लाका प्रमुख विशेषता हुन् ।

शैक्षिक सत्र २०७३ को तथ्याङ्क अनुसार यस जिल्लामा ३६४ मध्ये ३३१ सामुदायिक र ३३ संस्थागत विद्यालय रहेका छन् । जसमध्ये २३४ प्राथमिक, ५५ निम्नमाध्यमिक ( अाधारभूत तह) , ७५ माध्यमिक (२५ वटामा कक्षा ११ र १२ संचालन) र ७ क्याम्पस रहेका छन् भने ३१२ बालविकास केन्द्र एवम् ३३ संस्थागत विद्यालयमा पूर्वप्राथमिक कक्षाहरु सञ्चालित छन् । ३ व्यावसायिक तथा प्राविधिक शिक्षा धार, १ एनेक्स कार्यक्रम, १ खुला विद्यालय, १ निजी प्राविधक शिक्षालय, २४ सामुदायिक अध्ययन केन्द्र, २ गुम्बा र १ गुरुकुल गरी ३ धार्मिक विद्यालयहरु रहेका छन् । प्राथमिक तहमा ८३५ दरबन्दी तथा २४५ राहत, निम्नमाध्यमिक तहमा १७४ दरबन्दी तथा ८८ राहत, माध्यमिक तहमा ९० दरबन्दी तथा ९४ राहत र माध्यमिक तह ( कक्षा ११ र १२) मा ५०  जनाका लागि शिक्षक अनुदान रहेको यस जिल्ला शिक्षा कार्यालय, ओखलढुङ्गा अन्तर्गत ५ निरीक्षण क्षेत्र र १४ स्रोतकेन्द्रबाट शैक्षिक प्रशासनका कार्यहरु सम्पादन भइरहेका छन् ।